श्रेणी : BANNER
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिटको सुनुवाई आइतबारका लागि सरेको छ ।
शुक्रबार मुद्दा हेर्न नभ्याउने भएपछि आइतबारका लागि सरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश मनोज शर्माको इजलासमा पेसी रहेको मुद्दाको पालो आउन नसकेपछि आइतबारका लागि सारिएको हो । राष्ट्रपति भण्डारीसहितलाई विपक्षी बनाउँदै बिहीबार पाँच वटा रिट सर्वोच्चमा दायर भएका थिए ।
अधिवक्ता सुनिलरञ्जन सिंहसहितको रिट पेसी चढेपछि अन्तिममा पालो परेको थियो । संसदका दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले १५ दिनसम्म होल्ड गरेर राखेर जारी नगरेको भन्दै राष्ट्रपतिको उक्त कदमले संविधानको धारा ११३ को उल्लंघन गरेको दाबी रिटमा गरिएको छ ।
प्रतिक्रिया