वीरगन्ज :

राष्ट्रपतिले सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमा आज सकिँदै

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । नयाँ सरकार गठनमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । शनिबार साँझ बसेको बैठक आज बिहान फेरि बस्ने गरी सकिएको थियो । सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्नेमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद छ ।

यसै विषयमा सहमति जुटाउन आज फेरि बैठक बस्न लागेको हो । कांग्रेसले सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने बताउँदै आएको छ भने माओवादीले अहिले कांग्रेस नेतृत्वमा सरकार रहेकाले आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ ।

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले आज बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *