वीरगन्ज :

राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न प्रधानमन्त्रीले उक्साएको एमालेको आरोप

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणको सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गर्न राष्ट्रपतिलाई उक्साएको आरोप लगाएका हुन् ।

उनको प्रश्न थियो, ‘विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो ? त्यो अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई गैरसंवैधानिक काम गरेर उक्साउने, संविधान मिच्न दुरुत्सहान गर्ने ?’

राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको पत्रमा तत्कालीन सभामुख अग्नि सापकोटाको नाम रहेको पनि उनले बताए । उनले भने, ‘यो संसद्ले सभामुखका रुपमा अग्नि सापकोटालाई सभामुखका रुपमा चिन्दैन ।’

उनले संसद्को विशेष अधिकार हनन भए कारबाही हुन सक्ने नियमावलीमा व्यवस्था रहेको बताए । उनले मृत भइसकेको विधेयक नब्यूतिने बताए ।

उनले भने, ‘मृत्यु भइसकेको विधेयक ब्यूँताउने तागत प्रधानमन्त्रीलाई भए द्वन्द्वकालमा मृत भएका १७ हजारलाई उठाइदिउँ न प्रधानमन्त्रीज्यू ।’ उनले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । उनले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए । उनले भने, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्दैनौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *