श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने र त्यसम राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
बिहीबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता साझेदार दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको बताए ।
उनले भने, ‘ एमालेले उम्मेदवार उठाउँछ, राष्ट्रपतिमा एकदमै राष्ट्रिय सहमति हुनुपर्छ ।’ अध्यक्ष ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिंजडा देख्नु अशुभ संकेत भएको बताए ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडा भित्र राख्न खोजेको टिप्पणी गरेका थिए ।
अध्यक्ष ओलीले यसअघिको गठबन्धन सरकारले रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिनेक्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेको बताए ।
प्रतिक्रिया