श्रेणी : अन्तर्राष्ट्रिय
2.3kViews
1732
Shares
काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया