श्रेणी : BANNER
काठमाडौं । सरकार संचालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने भएको छ। बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलपछि संयन्त्रको बैठक बिहीबार बस्ने तय भएको हो ।
बुधबार बिहान एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री र ओलीबीच करिव डेढ घन्टा लछलफल भएको थियो । ओलीसँग भेटेर बाहिरिने क्रममा प्रधानमन्त्रीले बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने जानकारी दिए ।
उनले भने,‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे फरक फरक कुरा आइरहेका छन् । एमालेले आफ्नो पार्टीको उम्मेदवार उठाउने बताइरहेको छ भने प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको कुरा उठाइरसहेका छन् ।
प्रतिक्रिया