
श्रेणी : BANNER
64Views
0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चयनमा समझदारी गर्ने कोसिस भइरहेको बताएका छन् ।
बिहीबार संसद बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले राष्ट्रपतिका लागि अझै समय बाँकी रहेकाले समझदारीको कोसिस हुने बताए ।
उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।’
प्रधानमन्त्रीले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकैठाउँ उभिएको र उपसभामुखको चुनाव पनि यही प्रक्रियाबाट हुने बताए ।

प्रतिक्रिया