
श्रेणी : BANNER
काठमाडौं,२६ भदौ । रामेछाप कारागार तोडेर भाग्न खोज्ने क्रममा गोली चल्दा बिहीबार बिहान दुई कैदीको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कैदीहरूले विभिन्न च्यानलमा लगाइएका ताल्चा फोडेर जबर्जस्ती बाहिर निस्कन खोजेपछि नेपाली सेनाले गोली चलाएको हो। घटनामा १ जना गम्भीर घाइते भएका छन् भने अन्य १० जना समेत घाइते भएका छन्।
“सम्झाउँदा बुझाउँदा पनि नमानेपछि र नाबाजीसहित जबर्जस्ती जेल तोड्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्यो,” प्रजिअ थापाले भने।घाइतेहरूलाई रामेछाप अस्पतालमा उपचार भइरहेको छ। अहिले कारागार पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको प्रशासनले जनाएको छ।
रामेछाप कारागारमा हाल १६ महिला र ३१८ पुरुषसहित कुल ३३४ जना कैदीबन्दी रहेका छन्।


प्रतिक्रिया