वीरगन्ज :

राममनोहरको सातौं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.8kViews
1838 Shares

वीरगंज (पर्सा), १६ भदौ । जनमत पार्टी पर्साले शनिबार राममनोहर यादवको सातौं स्मृति दिवसको अवसरमा वीरगंजकाे घन्टाघरमा श्रद्धाञ्जली कार्यक्रम गरेकाे छ । जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम सहिदकाे रुपमा राममनाेहर यादवकाे प्रत्येक बर्ष स्मृति दिवस मनाउँदै आएकाे छ ।

श्रद्धाञ्जली सभामा वाेल्ने वक्ताहरुले वीर सहिदको सपनाहरू साकार पार्न र आन्दोलनलाई थप उचाइमा पुर्याउनु पर्ने जाेड दिएका थिए । वक्ताहरुले मुलुकमा बढदै गएकाे भ्रष्टाचारकाे विराेधमा अवाज उठाउनुकाे साथै सुशासनकाे लागि लड्नु पर्ने जरुरी रहेकाे वताए ।

पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फको अध्यक्षतामा भएकाे कार्यक्रममा जनमत पार्टीका नेता सिपु तिवारी, करिमा बेगम, अनुराग द्विवेदी, मुकेश द्विवेदी, हरिहर साह, चन्दन चौहान, अनिता रौनियार, नजमा खातुन, अन्जना गुप्ता, दिपेन्द्र यादव, संजय सिंह, महादेव शर्मा, गगन देव यादव, मनोज साह, धिरेन्द्र पन्जियार, डा. अशाेक ठाकुर, अमरनाथ सिंह राठौर, शशी पाण्डे, बिष्णु कुशवाहा, राजुराज गीरी, चन्चल साह लगायतका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *