२०८२ बैशाख १२, शुक्रबार

वीरगन्ज :
०५:५४:१८

रामनवमीको अवसरमा एसएसबी रक्सौलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
Pradeep Sah
1.9kViews
1350 Shares

वीरगंज (पर्सा), २६ चैत । रामनवमीको अवसरमा एसएसबी रक्सौल (बिहार) को ४७ औं कोरमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

नयाँ संवत्सर र नवरात्रीको प्रारम्भ तथा आउँदो रामनवमीको विशेष अवसरमा एसएसबी रक्सौल (बिहार) को ४७ औं कोर अस्पतालकाे आयोजना भएकाे कार्यक्रममा २० सैनिकसहित २२ जनाले रक्तदान गरेकाे इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

रक्तदान शिविरमा वाहिनीका सिपाहीहरुले उत्साहका साथ भाग लिएका थिए । कामु कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, डिप्टी कमाण्डेन्ट ४७ औं कोरको प्रेरणामा इन्डियन रेडक्रस, मोतिहारीसँगको सहकार्यमा असहायको निस्वार्थ सेवा गर्न सकोस् भन्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको इन्स्पेक्टर शर्माले वताए ।

उक्त शिविरमा वाहिनीका कार्यवाहक कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण आफैले रक्तदान गर्नुका साथै उनीसंगै मातहतका एक अधिकृत र २० जना सैनिकले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक ओमप्रकाश यादव र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो । कार्यक्रममा वाहिनीका चिकित्सक डा प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, अधिकारीहरूका अलावा मातहतका अधिकृत इन्स्पेक्टर मनोज कुमार शर्मा तथा सैनिक तथा सञ्चारकर्मीको उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी सशस्त्र सीमा बलको ४७ औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गर्दै आएकाे छ । सीमावर्ती क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेकाे जनाइएकाे छ ।

सीमामा व्यापक उपस्थितिका साथसाथै सशस्त्र सीमा बल सामाजिक कार्यमा सधै तत्पर रहन्छ, जसको रक्तदान कार्यक्रम एउटा जीवित उदाहरण हो । वाहिनीले पछिल्लो एक महिनामा आयोजना गरेको यो दोस्रो रक्तदान कार्यक्रम भएकाे आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *