श्रेणी : राजनीति
8Views
0
Shares
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको व्यहोराको प्रतिवेदन पेश गरेको छ ।
शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपतिमा पौडेल निर्वाचित भएको व्यहोराको प्रतिवेदन पेश गरेका हुन् ।
प्रमुख आयुक्त थपलियाले संविधानको धारा ६२ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया