बीरगन्ज,१५ चैत । उज्यालो नेपाल पार्टीले रामकिशोर सिंह ‘पराग’लाई मधेश प्रदेश अध्यक्षमा सर्वसम्मत रूपमा मनोनित गरेको छ।
पार्टीका कुलमान घिसिङको उपस्थितिमा जनकपुरधाममा आयोजित कार्यक्रममा सिंहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका सिंहलाई प्रदेश नेतृत्वको जिम्मेवारी दिइएसँगै संगठन विस्तार र प्रदेशस्तरमा पार्टीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
पार्टीका नेताहरूले सिंहको नेतृत्वमा मधेश प्रदेशमा संगठनात्मक गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया