
श्रेणी : राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरेपछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले यस्तो सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ । अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईं स्वयम्लाई थाहा छ।’
मंगलबार प्रधानमन्त्री उपस्थित कार्यक्रममा केही युवाले बैंकको ब्याजदर घटाउन माग गर्दै नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुको मुख थुन्दै पक्राउ गरेको थियो ।

प्रतिक्रिया