वीरगन्ज :

राजावादी आन्दोलन निस्तेज पार्न प्रचण्डको अपिल

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.2kViews
1002 Shares

काठमाडौ,२९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी जेठ १५ देखि सुरु हुने भनिएको राजावादी आन्दोलनलाई निष्क्रिय बनाउन पार्टी कार्यकर्तालाई सक्रिय रूपमा खटिन आग्रह गरेका छन्।

वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहमा सोमबार बोल्दै प्रचण्डले पूर्वपञ्चहरूको संलग्नतामा सुरु गर्न लागिएको आन्दोलनलाई प्रतिक्रान्तिकारी गतिविधि भन्दै यसको भण्डाफोर गर्नुपर्ने आवश्यकता औंल्याए।

‘पूर्वपञ्चहरू मिलेर आन्दोलनको घोषणा गरेका छन्, त्यसलाई गाउँ–गाउँ, टोल–टोलमा पुगेर निस्तेज पार्नुपर्छ,’ उनले भने, ‘राजावादी षड्यन्त्रको पर्दाफास गर्दै जनतालाई जागरूक बनाउनु आवश्यक छ।’

प्रचण्डले देशको लोकतान्त्रिक उपलब्धि जोगाउन सबै जनशक्तिलाई एकजुट भएर अघि बढ्न पनि आह्वान गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *