वीरगन्ज :

राजस्व अनुसन्धान कार्यालय पथलैयाद्धारा ६८ करोड राजस्व चुहावटको ८ मुद्दा दर्ता

श्रेणी : अपराध

7 months
Pradeep Sah
2.4kViews
1466 Shares

वीरगन्ज, २४ माघ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ७३ लाख रुपैयाँको राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने एक मात्र मुद्दा दर्ता भएको थियो, जसमा ५४ लाख रुपैयाँको मागदाबी गरिएको थियो ।

कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार, चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावटका मुद्दा र मागदाबी रकममा उल्लेखनीय वृद्धि भएको छ ।

“यस वर्ष राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दर्ता गरिएका छन्, जसमा ६८ करोड ७३ लाख रुपैयाँको मागदाबी छ,” शर्माले भने ।

पथलैया कार्यालयले चालु वर्षको ६ महिनामा राजस्व चुहावट धरौटी दाखिलामा ९६ प्रतिशत वृद्धि गर्दै दुई करोड ९८ लाख रुपैयाँ संकलन गरेको छ, जबकि गत वर्षको ६ महिनामा एक करोड ५२ लाख रुपैयाँ मात्र संकलन भएको थियो ।

यस वर्षको छ महिनामा भिसिटिएस जरिवानामा पनि १२ लाख ४३ हजार रुपैयाँ बढी संकलन भएको छ, जसमा ४७ लाख ४३ हजार रुपैयाँ संकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *