वीरगन्ज :

राजविराजकी कार्यवाहक नगरप्रमुख सुरक्षा माग्दै प्रहरीमा

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.8kViews
1277 Shares

जनकपुर,०८ जेठ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले आफू र कार्यालयको सुरक्षाका लागि प्रहरी समक्ष लिखित जाहेरी दिएकी छन्। योजना शाखा प्रमुख मनोजकुमार यादवसहित केही व्यक्तिले कार्यालयमा तोडफोड गरेको आरोप लगाउँदै परविन बिहीबार जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन्।

परविनले प्रहरीसमक्ष योजना प्रमुख यादव नेतृत्वको समूहले बुधबार साँझ नगरपालिकामा आपराधिक उपद्रव गरेको भन्दै कारबाहीको माग गरेकी हुन्। उनी केही वडाध्यक्ष र सफाइकर्मीहरूसहित प्रहरी कार्यालय पुगेकी थिइन्।

परविनका अनुसार नगरप्रमुखको कार्यकक्षमै तोडफोड र धम्की दिने काम भएको भए पनि प्रहरीद्वारा अहिलेसम्म कसैलाई पक्राउ नगरिनु दुःखद भएको बताइन्। “कार्यालयको सुरक्षामै प्रश्न उठेको छ, तोडफोड र अभद्र व्यवहारलाई सामान्य रूपमा लिइनु हुँदैन,” उनले भनिन्।

विवादको जड भने १७ दिनको बाँकी तलब हो, जुन गत वर्ष नगरपालिकाका सफाइकर्मीहरूले गरेको कामको भुक्तानी नपाएको विषयमा सुरु भएको हो। यही विषयलाई लिएर कार्यालयमा विवाद चर्किएको हो।

यता योजना प्रमुख यादवले भने कार्यवाहक नगरप्रमुखले राति नै कागजातमा सही गर्न दबाब दिएको दाबी गरेका छन्। “कागजातमा जबरजस्ती सही गर्न लगाउने प्रयास भएपछि सामान्य तनाव भएको मात्र हो, तोडफोड होइन,” उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *