वीरगन्ज :

राजमार्गमा द्वन्द्वकालीन बम खोज्दै सेना र प्रहरी

श्रेणी : प्रदेश

8 months
Pradeep Sah
2.4kViews
1855 Shares

विराटनगर,२५ पुस । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुल आसपास द्वन्द्वकालमा राखिएको बम रहेको सूचना पाएपछि नेपाली सेना र प्रहरीले खोजी अभियान सुरु गरेका छन्।

डिएसपी वेदप्रकाश जोशीका अनुसार, बिहीबार बिहानदेखि नेपाली सेनाको प्राविधिक टोलीसहितको खोजी अभियान सञ्चालन गरिएको छ। सूचना अनुसार, राजमार्ग विस्तारका क्रममा उत्खनन गर्दा जमिनमुनि रहेको बम विस्फोट हुने जोखिमलाई मध्यनजर गर्दै टोली खटाइएको हो।

डिएसपी जोशीले भने, “द्वन्द्वकालमा जमिनमुनि गाडिएको बम रहेको आशंका गरिएको छ। शंकास्पद स्थानमा नेपाली सेनाको टोली र प्रहरीले सतर्कतापूर्वक खोजी गरिरहेका छन्।”

स्रोतका अनुसार, मोरङ जिल्ला प्रशासन कार्यालयमा प्राप्त सूचना पछि यस क्षेत्रमा तत्काल खोजी अभियान थालिएको हो। बम विस्फोटको सम्भावनालाई रोक्न उच्च सतर्कतासहित काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *