श्रेणी : राजनीति
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत पोखरेलले यसका लागि छलफल गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ ? आउनुहोस् छलफल गरौं।’
उनले ३३ वर्षमा २८ भन्दाबढी प्रधानमन्त्री भएका उल्लेख गर्दै अस्थिरताका लागि दलका नेता मात्र हुन् किन विदेशीहरु पनि हुन् भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘छयालिसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दाबढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरु मात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानवाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि हो ?’
प्रतिक्रिया