
श्रेणी : राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।
शुक्रबार काठमाडौंम आयोजित साक्षात्कारमा महासचिव गुरुङले मुलुकमा वैदेशिक हस्तक्षेप बढिरहेका बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने बताएका हुन् ।
उनले यो प्रणाली रहुन्जेल मुलुकको नेतृत्व राजनीतिक दलहरुले नै गर्ने बताए । उलने राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ गठबन्धनभित्र कतै पनि कुरा नउठेको बताए ।
उनले अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी रहेको बताए । तर संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने बताए ।
उनले भने, ‘गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । प्रचण्ड मात्रै बाँकी रहनु भएको छ । त्यसकारणले यो संकट पर्दाखेरी स्टेटम्यानसिप लिएका पात्रहरु अगाडि बढ्ने कि नबढने भन्ने प्रश्न छ । मुलुकमा जुन समस्याहरु पैदा भएका छन् ती चुनौतिलाई फेस गर्नका लागि सायद माओवादी विचार, माओवादी चिन्तन, माओवादी दृष्टिकोण, त्यही आधारमा लिडरसिपको हिसावले पनि अगाडि बढ्नुपर्छ भन्ने मान्यता हो ।’
्


प्रतिक्रिया