वीरगन्ज :

राजनीतिक पार्टी, नेता, व्यक्तिभन्दा जनताले हेर्ने भनेको विकास हो– प्रचण्ड

श्रेणी : राजनीति

3 years
birgunj report
169Views
0 Shares


काठमाडौ । भदौ १८ गते
अहिले आमरुपमा राजनीतिक पार्टी, नेता, व्यक्तिभन्दा जनताले हेर्ने भनेको विकास नै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाई छ । आज भरतपुरमा नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शिलान्यास गर्दै प्रचण्डले सिंगै राष्ट्रका निम्ति विकास आवश्यक रहेको जिकिर गरेका छन् ।

‘प्रचण्डले विकास, सुरक्षा र समृद्धिको एउटा महान यात्रा चितवन र भरतपुर महानगरमा सुरु भएको बताउँदै यस कुरालाई जनताले राम्रैसँग महसुस गरेको तथ्य पनि गएको स्थानीय तहको निर्वाचनले प्रमाणित गरेको बताए।

उनले राष्ट्र निर्माणको सन्दर्भमा राजनीतिक उतार चढावका बीच संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि आफ्नो जोड स्थायित्वका साथै मुख्यतः विकास र समृद्धितिरै रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *