
श्रेणी : प्रदेश
काठमाडौं,१२ चैत । राजसंस्था पुनर्स्थापनाको माग गर्दै नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ।
समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजसंस्था समर्थक, हिन्दू अधिराज्य पक्षधर, तथा संघीयताविरोधी समूहहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ। संयोजक सुवेदीले देश अहिले राजनीतिक संक्रमणको संवेदनशील मोडमा रहेको बताउँदै राजसंस्थावादीहरू एकताबद्ध हुनुपर्ने समय आएको बताएका छन्।
उनका अनुसार राजधानीमा हुने सबै राजसंस्था पुनर्स्थापनासम्बन्धी आन्दोलनहरूलाई समितिले पूर्ण समर्थन गर्नेछ।
यता, सोही दिन समाजवादी मोर्चाले राजधानीमा राजावादीको गतिविधिको विरोधमा प्रदर्शन गर्ने तय गरेको छ। यसले राजधानीमा दुई पक्षबीचको शक्ति प्रदर्शन तीव्र बन्ने संकेत देखाएको छ।

प्रतिक्रिया