श्रेणी : BANNER
7Views
0
Shares
काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता भएको छ । राजदूत शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच बिहीबार भारतीय विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा आगामी दिनमा नेपाल भारत सम्बन्धलाई झन् गहिरो र मजबुद बनाउने इच्छा र प्रतिवद्धता व्यक्त गरेको राजदूत शर्माले जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘हामी दुबैले आगामी दिनहरूमा हाम्रो सदियौं पुरानो बहुआयामिक सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउने हाम्रो इच्छा र प्रतिबद्धता व्यक्त गरेका छौं।’
आगामी साता प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर राजदूत शर्माले विदेशमन्त्रीसँग भेट गरेको बताइएको छ ।
प्रतिक्रिया