श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र स्वार्थी र फटाहाले मात्र मान्ने बताएका छन् । आइतबार पार्टी निकट अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजतन्त्र अज्ञानी, जाली फटाहा कि मुर्खले मात्र मान्ने बताएका हुन् ।
उनले भने, ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ । स्वार्थी फटाहाले। कि मुर्खले मान्छ। कोही कोही अज्ञानीले पनि मान्छ। एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर मान्छन् । दलालहरुले मान्छन्। बुद्धि नभएकाहरुले मान्छन्। अब स्वार्थी तथा बिकाउ मालहरुले मान्छन्।’
अध्यक्ष ओलीले केही दिनघि पनि पूर्वराजाले छोरा बुहारी अघि सारेर राजनीति गर्न खोजेको भन्दै पूर्वराजाप्रति आक्रोश पोखेका थिए ।
पूर्वयुवराज्ञी हिमानीको ट्वीटरको फेक एकाउण्टबाट ओलीलाई जनताले आक्रमण गरेका भन्दै ट्वीट गरेको देखेपछि ओली पूर्वराजपरिवारप्रति आक्रोश पोख्दै आएका छन् । तर पूर्वराजाको तर्फबाट संवाद सचिवालयले पूर्वराजपरिवारका कुनै सदस्यले सामाजिक संजाल प्रयोग नगर्ने स्पष्ट पारिसकेको छ ।
प्रतिक्रिया