
श्रेणी : BANNER
21Views
0
Shares
रसुवा । रसुवा प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन् ।
तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए । यस क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार थिए । यस क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।


प्रतिक्रिया