वीरगन्ज :

रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
6Views
0 Shares


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचनमा भएको आफ्नो खर्चको विवरण सार्वजनिक गरेका छन् । मंगलबार विज्ञप्ति जारी गरी उनले निर्वाचनमा साढे २४ लाख खर्च भएको जनाएका छन् ।

मिश्रले काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए । त्यसक्रममा उनले २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगसमक्ष पेस गरिएको जनाएका छन् ।

उनले भनेका छन्, ‘मलाई यो उल्लेख गर्दा खुसी लाग्छ कि सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा मैले २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम मेरो पार्टीलाई बुझाएको थिएँ । पहिलेजस्तै यसपटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ । निर्वाचन आयोगले तोकेको खर्चसीमा २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देशमार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ । त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो । जसबाट प्राप्त कुल सहयोग लगभग ३३ लाख हुन गएको छ ।’

उनले बाँकी लगभग आठ लाख ५० हजार रुपैयाँ काठमाडौं क्षेत्र नम्बर–१ सरोकार कोषमा जाने उल्लेख गरेका छन् । काठमाडौं–१ मा उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *