वीरगन्ज :

रवि लामिछाने मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
2.7kViews
2000 Shares

काठमाडौं,१५ चैत । रवि लामिछाने सँग सम्बन्धित मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ।

महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध परेको रिटमा यसअघि सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।

यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। यसअघि पनि विभिन्न इजलासमा सुनुवाइ हुँदै आएको भए पनि अन्तिम निष्कर्षमा पुग्न सकेको छैन।

अदालतले यसअघि महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिँदै नियमित सुनुवाइका लागि प्रक्रिया अघि बढाएको थियो। तर, बहस नसकिँदा रिट पटकपटक स्थगित हुँदै आएको छ।

महान्यायाधिवक्ताले राजनीतिक प्रतिशोधको दाबी र कानुनी प्रावधानका आधारमा मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सोही निर्णयविरुद्ध कानुन व्यवसायीहरूले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

यस मुद्दाको अन्तिम फैसला आगामी दिनमा देशको कानुनी तथा राजनीतिक बहसमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *