वीरगन्ज :

रवि लामिछाने पार्टी सभापतिमा पुनः चयन

श्रेणी : राजनीति

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन्।  आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः लिएका लामिछानेलाई पार्टी कार्यालयमा बसेको बैठकले पुनः सभापतिमा चयन गरेको हो।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अमेरिकाबाट फर्किएपछि नेपालको नागरिकता पुनः प्राप्तिका लागि प्रक्रियामा नगएकाले उनी नागरिकताविहीन भएको आदेश दिएसँगै उनको सांसद, मन्त्री तथा पार्टीको सभापति पद खारेज भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *