वीरगन्ज :

रवि लामिछाने आज अदालतमा उपस्थित हुने

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.1kViews
1867 Shares

काठमाडौं,२८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा दर्ता गरिएको मुद्दामा उनी अदालतमा हाजिर हुन लागेका हुन्।

लामिछानेले यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा पुस २५ गते धरौटीमा रिहा भएपछि अदालतको आदेशअनुसार काठमाडौँमा हाजिर हुने तयारी गरेका थिए। शुक्रबार हाजिर हुने भनिए पनि पोखराबाट काठमाडौँ आउँदा साँझ परेकाले उनी आजमात्र उपस्थित हुन लागेका हुन्।

स्वर्णलक्ष्मी सहकारीसँगै लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन सहकारी, र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ता हुने तयारी भइरहेको छ।

सहकारी ठगी आरोपका विषयमा लामिछानेले कानुनी प्रक्रियामा सहकार्य गर्दै आफ्नो स्पष्टीकरण दिन तयार रहेको जनाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *