वीरगन्ज :

रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । लामिछानेले नागरिकता किर्ते गरेको दाबी गरेर उनलाई सांसदका रूपमा शपथ खुवाउन नमिल्ने जिकिर गर्दै युवराज पौडेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

बुधबार उक्त रिटमा सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले अब दुवै पक्षलाई बोलाएर छलफल गर्नेछ । योसँगै अब लामिछानेले भोलि सांसदको शपथ लिने बाटो खुलेको छ । भोलि दिउँसो १ बजे सांसदहरूले शपथ खाँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *