वीरगन्ज :

रवि लामिछानेको रिहाई निवेदनमाथि बहस सकियो

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
2.8kViews
1569 Shares

काठमाडौँ,२६ साउन । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दर्ता गरेको रिहाई माग सम्बन्धी निवेदनमाथिको बहस सकिएको छ।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार न्यायाधीश नारायण सापकोटाको इजलासमा आज भएको बहसपछि अब आदेश आउने चरणमा पुगेको छ । आदेश आजै आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ।

लामिछाने गत चैत २५ गतेदेखि बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। यसअघि चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसअघि भने रुपन्देही जिल्ला अदालतबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए।

साउन १९ गते लामिछानेले आफ्नो हिस्साको बिगो बराबरको धरौटी बुझाएर रिहा गर्न माग गर्दै पुनः जिल्ला अदालतमा निवेदन दिएका थिए। अब अदालतको आदेशपछि उनको रिहाइ हुने–नहुने टुंगो लाग्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *