
श्रेणी : मधेस
बीरगन्ज,१६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै बीरगन्जमा हस्ताक्षर अभियान सुरु गरेको छ।
पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा देशभर भइरहेका कार्यक्रमहरूको क्रममा बीरगन्जमा पनि हस्ताक्षर अभियान सुरु गरिएको हो। पर्सा अध्यक्ष हरि पन्तको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, बहुदरमाई नगर सभापति चन्दन यादवलगायत अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लामिछानेमाथि लगाइएका मुद्दाहरू सत्ता पक्षको प्रतिशोधको परिणाम भएको दाबी गर्दै भ्रष्टाचारविरुद्धको संघर्षमा लामिछानेको अग्रभूमिकै कारण उनीमाथि राजनीतिक हमला भएको बताएका थिए।
‘लुटतन्त्रको अन्त्य र सुसंस्कृत राजनीति स्थापनाका लागि संसद र सडक दुवैबाट संघर्ष जारी राख्नुपर्ने’ उनीहरूले बताए।
रास्वपाका नेताहरूका अनुसार यस हस्ताक्षर अभियानले जनस्तरमा लामिछानेको पक्षमा ऐक्यबद्धता देखाउने र जनमत निर्माणमा टेवा पुर्याउने विश्वास पार्टीले लिएको छ।


प्रतिक्रिया