
श्रेणी : राजनीति
11Views
0
Shares
भरतपुर । उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायमै रहने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीविरूद्ध दर्ता भएको उजुरीमा दाबी नपुग्ने भन्दै उम्मेदवारी कायम रहने निर्णय गरेको हो । लामिछाने उम्मेदवार हुन अयोग्य रहेको भन्दै चार वटा उजुरी परेका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले उम्मेदवार हुन अयोग्य हुने आधार नभेटिएकाले उम्मेदवारी कायम राख्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया