काठमाडौं,१५ चैत । रवि लामिछानेविरुद्ध दर्ता सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले अर्को तारेख तोकेको छ।
जिल्ला अदालतका अनुसार लामिछानेको अर्को पेशी वैशाख १४ गतेका लागि तय गरिएको हो। उनी आइतबार अदालत पुगेर तारेख बुझेका थिए।
लामिछानेविरुद्ध काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ। उक्त प्रकरणमा ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका छन्।
अभियोगअनुसार रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमार्फत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट करिब ५ करोड ७८ लाख ९८ हजार रुपैयाँ रकम अपचलन गरेको आरोप लागेको छ।
सरकारी वकिलले सोही रकम बराबर बिगो माग दाबी गरेका छन्। हाल उनी थुनाबाहिर रहेर मुद्दा लडिरहेका छन्।
हालै सम्पन्न निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद लामिछानेको यो मुद्दाले राजनीतिक र कानुनी दुवै क्षेत्रमा चासो बढाएको छ।

प्रतिक्रिया