वीरगन्ज :

रवि लामिछानेको अभियोग संशोधन मुद्दामा आज पनि सुनुवाइ

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.3kViews
1081 Shares

काठमाडौँ,०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सहकारी ठगीसँग सम्बन्धित मुद्दामा अभियोग संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि पेश गरिएको थियो। तर सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ र आज पुनः सुनुवाइ हुने भएको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी प्रकरणसँगै दायर भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो टिप्पणी तथा आदेशमार्फत लामिछानेमाथि सहकारी ठगी मुद्दा मात्र चलाउने र अन्य दुई गम्भीर प्रकृतिका आरोप हटाउने निर्देशन जिल्ला सरकारी वकिल कार्यालयलाई दिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *