वीरगन्ज :

रवि लामिछानेका गाडी चालकको निधन

श्रेणी : समाज

2 years
birgunj report
65Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो । गत वैशाख ४ गते बिहान पौने ४ बजे शंकास्पद रूपमा चितवनस्थित अढाईतले घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका थिए ।

चितवनको पुरानो मेडिकल कलेजमा टाउकाको शल्यक्रियापछि थापालाई थप उपचारका लागि वैशाख ५ गते मेडिसिटी ल्याइएको थियो । भेन्टिलेटरमा उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *