श्रेणी : BANNER
काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय आफूले प्रक्रियागत रुपमै गरेको बताएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता पोखरेलले अनुसन्धानका क्रममा रविमाथि मुद्दा चल्ने आधार र प्रमाण नदेखिएका कारण टुंग्याएको दाबी गरेका हुन् । उनले यसलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन् ।
उनले भने,‘तपाईंहरुलाई लाग्ला कि राजनीतिक दबावमा यस्तो गरिएको हो भनेर । तर, यसमा अनुसन्धान भएर विधि र प्रक्रिया अनुसार नै मुद्दा नचल्ने निर्णय भएको हो।’
उनले लामिछानेको राहदानीको मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने बताए । नागरिकता लिन प्रक्रिया पूरा नगरेको ठहर भएको र अमेरिकी तथा नेपाली राहदानी दुवै लिएर प्रयोग गरेको भन्दै लामिछानेमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।
तर अनुसन्धानपछि जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै महान्यायाधिवक्ताको कार्यालयमा टिप्पणी पठाएका थिए । त्यसपछि महान्यायाधिवक्ताले मुद्दा नचल्ने भन्दै निर्णय गरेका थियो ।
https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Foagnepal%2Fvideos%2F6088246134594130%2F&show_text=false&width=267&t=0
प्रतिक्रिया