२०८२ बैशाख १, सोमबार

वीरगन्ज :
२२:१५:५३

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

श्रेणी : प्रदेश

3 days
Pradeep Sah
1.9kViews
1303 Shares

काठमाडौँ, २९ चैत्र । रवि लामिछानाको थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानालाई थुनामा पठाउने अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरिएको छ।

शुक्रबार सर्वोच्च अदालतमा उक्त रिट दर्ता भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

उक्त आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठबाट नियन्त्रणमा लिई काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो। रवि लामिछानालाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो।

रास्वपाले उच्च अदालतको आदेश जिल्ला अदालत नपुगीकनै पक्राउ गरिएको भन्दै प्रक्रियागत त्रुटि र गैरकानुनी कदमको आरोप लगाएको छ। पार्टीले प्रहरीले ज्यादती गरेको र मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदनसमेत बुझाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *