वीरगन्ज :

रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

श्रेणी : BANNER

6 months
Pradeep Sah
2.6kViews
1834 Shares

पोखरा (कास्की), ९ कात्तिक । सहकारीको रकम अपचलनमा जोडिएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले अनुसन्धानका लागि दोस्रोपटक ७ दिनको म्याद थप गरिदिएको हो । यसअघि उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो, जुन म्याद बिहीबार सकिएको छ ।

बिहीबार म्याद थपका लागि रविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनीसँगै छविलाल जोशीलाई पनि आज अदालत उपस्थित गराइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याएर खर्च गरेको आरोप उनीहरुमाथि लागेको छ । असाेज ६ गते पक्राउ परेका छवि भने एक महिनादेखि हिरासतमै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *