वीरगन्ज :

रविको पक्षमा डा. सीके राउतको हस्ताक्षर

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.0kViews
1590 Shares

काठमाडाैं,३१ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि भइरहेको ‘राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’मा ऐक्यबद्धता जनाएका छन्।

सोमबार रास्वपाको घण्टाघरस्थित मुख्यालय पुगेर राउतले हस्ताक्षर गर्दै अभियानमा समर्थन जनाएका हुन्। हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनमत पार्टी न्यायका लागि लडिरहेको संगठन भएकाले अन्यायको मुद्दामा आवाज उठाउनु आफ्नो कर्तव्य भएको बताए।

“हामी न्यायका लागि लडिरहेको संगठन हौँ, त्यसैले रास्वपाको यस अभियानमा हाम्रो साथ छ,” राउतले भने, “राजनीतिक मान्यता फरक हुन सक्छ, तर अन्यायविरुद्ध हामी जहिल्यै आवाज उठाउँछौँ।”

उनले कुनै पनि व्यक्तिमाथि राज्यले राजनीतिक प्रतिशोध लिन नहुने उल्लेख गर्दै यो जनताको अभिव्यक्तिसँग जोडिएको विषय भएको बताए। साथै, अदालतप्रतिको जन अपेक्षाबारे टिप्पणी गर्दै राउतले भने, “हामी सबैलाई थाहा छ, अदालत कसरी प्रभावित हुन्छ। जनताले हस्ताक्षर गरेर न्यायको पक्षमा आवाज उठाउँदा यसलाई अदालतको विरोध भनेर हेर्नुहुँदैन, बरु अदालतले न्याय दिन सकोस् भन्ने जन आकांक्षा हो।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *