वीरगन्ज :

रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुका लागि वीरगन्ज महानगर द्वारा संयुक्त इफ्तारी समारोह

रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुका लागि वीरगन्ज महानगर द्वारा संयुक्त इफ्तारी समारोह

श्रेणी : मधेस

2 years
Pradeep Sah
174Views
0 Shares

वीरगन्ज, पर्सा

पवित्र पर्ब रमजानको रोजा पवित्र पर्ब रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुका लागि आइतबार वीरगन्जको पुरानो बसपार्कमा संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ ।बसेका मुस्लिम धर्मावलम्बीहरुका लागि आइतबार वीरगन्जको पुरानो बसपार्कमा संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिकाको आयोजनामा भएको इफ्तारीमा महानगरको ३२ वटै वडाका करिब ५ हजारभन्दा बढी मुस्लिम धर्मावलम्म्बीहरु सहभागी भएका थिए । आइतबार साँझ आयोजना गरिएको इफतारीमा उनिहरुले विभिन्न परिकारका साथै जलपान ग्रहण पनि गरेका थिए ।

त्यसअवसरमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले मुस्लिम ईस्लाम धर्मावलम्बीहरुयको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागि सबैलाई शुभकामना दिँदै धन्यवाद पनि ब्यक्त गरे ।

त्यसतै वीरगन्ज महानगरका उप-मेयर इम्तियाज आलमले वार्ड नं १ देखि ३२ नं वडाका मुस्लिम समुदायका इफतारीमा सहभागी सम्पुर्ण व्यक्तिहरु सँग हात मिलाइ शुभकामना साटासाट गर्दै धन्यवाद व्यक्त गरेका थिए।

इफ्तारी कार्यक्रममा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलका साथै महानगरका विभिन्न वडाका वडाध्यक्षहरु , अन्य धर्मका अगुवा , महानगरपालिकाका कर्मचारी लगायतको पनि सहभागिता थियो ।

वीरगन्ज महानगरपालिका द्वारा आयोजना गरिएको इफ्तार कार्यक्रममा नगर प्रमुख राजेश मान सिंह र उप-प्रमुख इम्तियाज आलम नगरवासीको उल्लेखनीय सहभागीता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *