श्रेणी : प्रदेश
      1.6kViews
      
      
      1419
      Shares
      
      
काठमाडौं,१४ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यको रूपमा कार्य गर्न इच्छा व्यक्त गर्दै संसद सचिवालयमा पत्र पठाएकी छन्।
अघिल्लो सरकारमा श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन् । मन्त्री भएका कारण उनी कुनै पनि संसदीय विषयगत समितिमा थिइनन् । ‘राज्य व्यवस्था समितिमा रहने गरी संसद सचिवालयमा पत्र दिइएको छ । सदन चालू भएपछि हुन्छ भन्नुभएको छ’ श्रेष्ठले जानकारी दिइन् ।
संसद सचिवालयले भने कुनै निर्णय गरिनसकेको जनाएको छ ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया