वीरगन्ज :

रक्सौलको खेतमा अज्ञात पुरुषको शव फेला

श्रेणी : अन्तर्राष्ट्रिय

1 day
Pradeep Sah
1.8kViews
1762 Shares

बीरगन्ज,१५ जेठ । भारतसँग सिमाना जोडिएको रक्सौलमा एक अज्ञात पुरुषको शव फेला परेपछि स्थानीयवासीहरू त्रसित र आक्रोशित बनेका छन्। आइसीपी बाइपास रोड नजिकै रहेको एक खेतमा अन्दाजी ६० वर्षको पुरुषको शव लावारिस अवस्थामा भेटिएको हो।

शव रक्सौलस्थित आइके मोडेल स्कुलको पश्चिमतर्फ, सडक पारि रहेको एक होटलको छेउको खेतमा देखिएको हो। मृतक जिन्स प्यान्ट र टिसर्टमा थिए भने, नाक र मुखबाट रगत बगिरहेको देखिएकाले घटनालाई शंकास्पद बनाएको छ।

स्थानीयहरूका अनुसार, शव फेला परेको खबर तत्काल प्रहरीलाई दिइए पनि घटनास्थलमा घण्टौँसम्म सुरक्षाकर्मी नपुगेको भन्दै उनीहरू आक्रोशित बनेका छन्। “शव देखिनासाथ प्रहरीलाई खबर गरियो, तर घण्टौँ कुर्दा पनि प्रहरी आएन,” एक स्थानीयले भने, “यसरी सुरक्षाको जिम्मेवारी लिने निकाय नै उदासीन हुँदा हाम्रो डर झन् बढेको छ।”

मृतकको पहिचान हालसम्म खुलेको छैन। घटनाको प्रकृति हेर्दा हत्या वा सडक दुर्घटना दुवै सम्भावनाहरूको चर्चा स्थानीय स्तरमा भइरहेको छ। तर, वास्तविकता पुष्टि गर्न प्रहरी अनुसन्धानको प्रतीक्षा गरिएको छ।

स्थानीयले शवको अवस्था, स्थान र परिस्थितिलाई लिएर थप गम्भीर ध्यान दिन सुरक्षा निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *