वीरगन्ज :

रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय भएको छैनः रक्षामन्त्री खड्का

श्रेणी : BANNER

2 years
birgunj report
31Views
0 Shares

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खडकाले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत खड्काले सेनाको हतियार खरिदबारे आफ्नो नाम जोडर समाचार आएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘केही दिनदेखि मेरो नामसमेत जोडेर केही संचारमाध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *