
श्रेणी : समाचार
खोटाङ । यौन दुर्व्यवहारको आरोपका पक्राउ परेका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले राईलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
राई धरौटी बुझाएर रिहा भएका छन् । छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा वैशाख २९ गते राई पक्राउ परेका थिए । राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापक/सञ्चालक हुन् ।
फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा राई पक्राउ परेका थिए । उनलाई फाउन्डेशनमा जान नपाउने गरी धरौटीमा रिहा गरिएको हो । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना माग गरिएको छ ।

प्रतिक्रिया