वीरगन्ज :

यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.3kViews
1767 Shares

वीरगन्ज,१५ पुस । अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा पर्साबाट तिन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका – ५ बडहर्वा निवासी वीरेन्द्र चौधरी र नाम नखुलाइएको दुई जना महिला रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चौधरीसहित तिनै जनालाई वीरगन्जकाे बस पार्कस्थित एक होटेलबाट गलत यौन गतिविधि गरिरहेको आरोपमा नियन्त्रणमा लिएको बुझिएको छ ।

उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गतको वडा प्रहरी कार्यालय बिर्ताको हिरासतमा छन् । जिल्ला प्रशासन कार्यालय पर्साबाट उनीहरूमाथि अनुसन्धान गर्न पर्सा प्रहरीले आइतबार म्याद थप गरेको छ ।

स्रोतका अनुसार यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा अवस्थामा पक्राउ परे पनि चौधरीले पैसा र आफ्नो राजनीतिक पहुँचका आधारमा मुद्दाको शीर्षक नै परिवर्तन गर्न लगाएका छन् । यद्यपि यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *