
श्रेणी : BANNER
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेश स्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताएका हुन् । उनले कसैले प्रजातन्त्र बिरोधी कार्य गर्न पनि नसक्ने बताए ।
उनले गठबन्धन कायम रहेमा समावेशिताको खिलापमा पनि कोही जान नसक्ने बताए । प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालिन समय भएकाले आपसमा झगडा गर्न नहुने बताए ।
उनले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने बताए । उनले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने बताए ।
उनले भने, ‘हरेक पार्टीमा समस्या छ । तर अहिलेको बेला संक्रमणकाल हो । अहिलेको बेला झगडा गर्ने बेला होइन । अहिलेको बेला गठबन्धन टिकाउनु हो । अब देश विकासमा जानेहो । पिछडिएको वर्गदेखि सबैलाई समान न्याय, अधिकार दिने बेला आएको छ । यो भएको खण्डमा नेपाल सच्चा मानेमा अझैपनि जातिय विभेददेखि लिएर सबै विभेदहरुको समाधान भएर अगाडी बढ्ने छौँ । गठबन्धनका कारणले भोलिका दिनमा कसैले पनि प्रजातन्त्र बिरोधी कार्य गर्ने, नेपालमा प्रजातन्त्रको खिलाफमाकोही जानसक्ने छैनन् । राष्ट्रको खिलाफमा कोही जान सक्ने छैनन् ।’
प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पारे । देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उनले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गरे ।
उनले भने, ‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धनअपरिहार्य थियो, छ र भोलिपनि रहनेछ ।’ चुनावमा कुनैपनि दलको बहुमत नआउने भएकाले आसपमा मिल्नुपर्ने बाध्यता भएको
उनको भनाई थियो ।


प्रतिक्रिया