वीरगन्ज :

यूएईमा नेपाली श्रमिकको मृत्यु दर उच्च

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
1.8kViews
1821 Shares

काठमाडौं,०७ चैत । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकको मृत्यु दर चिन्ताजनक रूपमा बढिरहेको छ। यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्षको आठ महिनामा मात्रै २०९ जना नेपालीको ज्यान गएको छ।

दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत साउनदेखि फागुनसम्म औसतमा प्रत्येक महिनामा २६ जना नेपालीले ज्यान गुमाएका छन्। यो गत आर्थिक वर्षको तुलनामा निकै उच्च हो। गत वर्ष १२ महिनामा २३१ नेपालीको मृत्यु भएको थियो, जसको मासिक औसत १९.२५ थियो।
नेपालीहरूको मृत्युका मुख्य कारणहरू सडक दुर्घटना, हृदयघात, कार्यस्थलमा हुने दुर्घटना र अन्य बिरामीहरू रहेको दूतावासले जनाएको छ। आठ महिनामै गत वर्षको मृत्युदरलाई नजिक पार्नु गम्भीर विषय भएकाले यसबारे थप अध्ययन र सुरक्षाका उपाय अपनाउन आवश्यक देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *