वीरगन्ज :

यूएईद्वारा पाकिस्तानमा आत्मघाती बम आक्रमणको निन्दा

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
27Views
0 Shares

संयुक्त अरब इमिरेट्स (यूएई) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ । 
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी मानवीय मूल्य र सिद्धान्तहरूको उल्लङ्घन हुने आपराधिक गतिविधिका साथै सबै प्रकारका हिंसा र आतङ्कवादको यूएई निन्दा गर्दछ भनेको छ ।

मन्त्रालयले पाकिस्तान सरकार र जनताप्रति गहिरो समवेदना एवम् सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।आइतबार खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा आत्मघाती बम आक्रमणकारी हुँदा ५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *