
श्रेणी : BANNER
बीरगँज। युवा स्पोर्ट्स कलब बीरगँजको गठित नव निर्वाचित कार्यसमितिको पहिलो बैठक असार २८ गते आफ्नै कलब भवनमा १० वटा निर्णय सहित सम्पन्न गरेको छ।
बैठकले पहिलो प्राथमिकतामा कलबले आयोजना गर्दै आईरहेको स्थगन फुटबल प्रतियोगितामा स्व. पन्नालाल स्मृति फुटबल प्रतियोगिता, लक्ष्मण थापा गोल्डकप फुटबल प्रतियोगोता, स्व. गोपाल गिरी बाल फुटबल प्रतियोगिता,शहिद थीर बम मल्ल वडा स्तरीय फुटबल प्रतियोगिता जस्ता अन्य फुटबल प्रतियोगिता समेत सुचारु गर्ने निर्णय सहित कल्बको अन्य थप गतिबिधीलाई निर्णय बमोजिम गतिशील बनाउन ३ वटा समिति समेत बनाएका छन। आर्थिक समिति तर्फ अध्यक्ष रमेश श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रुपक पाण्डे, प्रथम उपाध्यक्ष सुरज मानन्धर, महासचिव बिनोद परियार, कोषाध्यक्ष बिजय बिश्वकर्मा , तृतिय उपाध्यक्ष विकास रौनियार र कार्यकारिणी सदस्य शुशिल श्रेष्ठ रहेका छन भने खेलाडी समन्वय समिति तर्फ द्वितीय उपाध्यक्ष लखन चौधरी, सहकोषाध्यक्ष राजेस जोशी,सचिव राजिव लाखे, सहसचिव बिजय श्रेष्ठ, कार्यकारिणी सदस्य रुपेन्द्र लालचन,सुरज श्रेष्ठ( मन्टु) र रन्जय पौडेल रहेका छन।त्यसैगरी कलब रेखदेख समिति तर्फ कार्यकारिणी सदस्य अरविन्द गुप्ता, समि लामा, प्रदिप साह,विकेश श्रेष्ठ,मुकेश गुप्ता,मोहन कुमार महतो र कृष कार्की रहेका छन।
कलबले बिपी उधान पार्कमा बालबालिकाको लागि बाल खेल मैदान निर्माण हेतु बीरगँज महानगरपालिकालाई अनुरोध गर्ने, कलबलाई योगदान पुर्याएका स्व. फुटबल खेलाडीहरुको मरणोपरान्त सम्मानको लागि कलब कार्यालयमा फोटो राख्ने, त्यस्तै पुर्व अध्यक्षहरुको पनि ईतिहासलाई समट्ने गरि फोटो राख्ने, कलबको नयाँ जर्सी खरीद गर्ने, जीर्ण कलबको मर्मत सँभार र रँगरोगन गर्ने जस्ता निर्णय सहित सल्लाहकार समिति समेत गठन गरिएको छ।
सल्लाहकार मण्डलमा पुर्व अध्यक्षहरु दिनानाथ रौनियार, मधुकृष्ण महर्जन, वसन्त लामा,सुमन श्रेष्ठ, जगरनाथ प्रसाद कानु, सँजय थापा, प्रमोद परियार रहेका छन भने अन्य क्रमश श्रीहरी पौडेल, द्वारिका प्रसाद कलवार, बिधीचन्द सहनी, बासुदेव रौनियार,कमल अधिकारी,गजेन्द्र मान सिँह, प्रदुमन सेढाई, किसन साह,उमेश सिँह, मेघराज श्रेष्ठ, श्याम मान सिँह, उत्तम श्रेष्ठ,सँजय अधिकारी, गणेश श्रेष्ठ, मनोज भट्टराई, अनिल कलवार रहेका छन।त्यसैगरी मानार्थ वडा अध्यक्षहरुमा जवाहर प्रसाद गुप्ता, पुर्व वडा अध्यक्ष मनोज कुमार कलवार र वडा अध्यक्ष जगत प्रसाद कानु रहेका छन।


प्रतिक्रिया