वीरगन्ज :

युवकको हत्या गरी शव गाडेको आरोपमा भारतीय नागरिकसहित ६ जना पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
2.4kViews
1221 Shares

काठमाडौं,१८ चैत । माकलबारीमा युवकको हत्या गरी शव गाडेको आरोपमा एक भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत बिहारका २९ वर्षीय सुनिल शर्मा, सर्लाही चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल, चक्रघट्टा–६ का १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन्।

सर्लाही चक्रघट्टा–८ घर भई गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साहको हत्या गरिएको थियो। चैत ११ गतेदेखि हराइरहेका साहको शव चैत १५ गते माकलबारीस्थित आरके मोटरसाइकल वर्कशपको पछाडि गाडिएको अवस्थामा फेला परेको थियो।

प्रहरी वृत्त बौद्धमा साह हराएको सूचना पुगेपछि अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा लेनदेन विवादकै कारण हत्या भएको खुलेको छ। घटनासम्बन्धी थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *